कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन गर्दै शिखर इन्स्योरेन्स
१९ माघ, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ ।कम्पनीले देशका विभिन्न जिल्लाहरुमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तीन दिने तालिमम संचालन गर्ने भएको हो । कम्पनीका अनुसार बुटवल, विरगंज, सुर्खेत र विराटनगरमा सो सम्वन्धी तालिम संचालन गर्न लागेको हो ।
कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति वा संस्थाहरुले सो तालिममा भाग लिन सक्नेछन् । तालिममा सहभागि हुन चाहाने व्यक्तिहरुले निवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीले माघ २९ गतेदेखि फागुन २ गतेसम्म वुटवलमा संचालन गर्ने जनाएको छ । सो स्थानका लागि तालिमा लिन माघ २५ गतेसम्म निवेदन दिनुपर्नेछ ।
विरगंजमा भने फागुन २८ गतेदेखि ३० गतेसम्म संचालन हुने र निवेदन फागुन २३ गतेसम्म दिनुपर्ने कम्पनीले जनाएको छ ।यस्तै, चैत १२ गतेदेखि १५ गतेसम्म सुर्खेतमा संचालन हुने तालिमका लागि चैत ७ गतेसम्म र चैत २६ गतेदेखि २८ गतेसम्म विराटनगरमा संचालन हुने तालिमका लागि चैत २१ गतेसम्म निवेदन दिनुपर्नेछ ।
तालिमको अन्तिम दिन सहभागीहरुले अनिवार्य रूपमा १ घण्टाको परीक्षा दिनुपर्ने र उक्त परीक्षामा ५० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गरेमा मात्र बीमा अभिकर्ताको ईजाजतपत्रको लागी आवेदन दिन सकिनेछ ।
एसएलसी वा सो सरहको परीक्षा उत्तिर्ण गरी कृषि वा पशु वा वनस्पति विज्ञानमा कम्तिमा एक वर्षको तालिम प्राप्त वा कृषि वा पशु विज्ञानमा सो भन्दा माथिल्लो योग्यता प्राप्त गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १२:१९