४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

१८ माघ, काठमाडौं । भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । बुधबार आईओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हाे ।

नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १४:०८