७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

निजी कम्पनीलाई पाठ्यपुस्तक छाप्न दिएकाे भन्दै अनेरास्ववियूद्धारा जनक शिक्षा सामाग्री केन्द्र घेराउ

१८ माघ, काठमाडाैं । अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजि कम्पनिलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध जनक शिक्षा सामाग्री केन्द्र सानोठिमीको केन्द्रिय कार्यालय घेराउ गरेको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्र भित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजि कम्पनीलाई पाठ्यसामग्री छाप्न दिइएको र जनक शिक्षा सामाग्री केन्द्रले नै पाठ्यपुस्तक छाप्नु पर्ने, शैक्षिक सामाग्री समय मै पुर्याउनुपर्ने बताए।

साथै उनले शैक्षिक क्षेत्रमा हुने नीतिगत लगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियूले नसहने, त्यस्ता भ्रष्टाचार विरुद्ध कडा प्रतिवाद, प्रतिकार गर्ने बताए ।

प्रकाशित मिति : February 1, 2023 at 2:06 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/