७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ, ज्ञानेन्द्र मल्ल ग्रेड बीमा

१८ माघ, पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ। पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।

यसअनुसार ग्रेड एमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन् । ग्रेड बीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ । पूर्वकप्तान सन्दीप लामिछानेलाई समेटिएको छैन ।

महिलातर्फ १२ जना खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने निर्णय गरिएको छ। ग्रेड ए र ग्रेड बीमा ३/३ जना छन् भने ग्रेड सीमा ६ जना रहेका छन्।

ग्रेड एमा रुविना क्षेत्री, सिता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन्। कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई ग्रेड सीमा राखिएको छ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १३:२१