७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो कति ?

१८ माघ, काठमाडाैं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ। मंगलबार दुई कम्पनीबीच होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएकाे छ ।

सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका हुन् ।  उक्त कार्यक्रममा दुबै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी बिशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ ।

दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए रिपोर्टको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १००ः८० कायम हुने जनाएको छ ।

प्रकाशित मिति : February 1, 2023 at 12:24 pm