१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

लाभांश प्रस्ताव पारित गर्न अपि पावरले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?

१८ माघ, काठमाडाैं । अपी पावर कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार संस्थाको १९ औँ बार्षिक साधारणसभा फागुन १४ गते मैत्रहल, बानेश्वर ब्याङ्क्वेट थापागाँउ,काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

साथै सभाले ७.५ प्रतिशत बोनश सेयर बितरण पश्चात कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गर्ने छ कम्पनीले हकप्रद निष्काशनका लागि नियामक निकाय बिद्युत नियमन आयागबाट पुर्वस्विकृत प्राप्त गरिसकेको छ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन ४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : February 1, 2023 at 10:48 am