७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

१८ माघ, पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । मल्लले पोखरामा मंगलबार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । नेपाल टी २० लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएका हुन् ।

२०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ०९:५२