७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

२ कम्पनीले आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट पाए अनुमति, कुनको कति कित्ता ?

१७ माघ, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ कम्पनीलाई साधारण सेयर आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले डोल्टी पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो।

धितोपत्र बोर्डको अनुमतिसँगै यी दुवै कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्री गर्नेछन्। सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताबाट १० प्रतिशतले हुन आउने सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिनेछ।

डोल्टी पावरले चुक्तापुँजीकाे ३० प्रतिशतले हुन आउने १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १०० अंकित दरका कुल १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्कासन गर्नेछ।

यसैगरी भूगोल इनर्जीले पनि चुक्तापुँजीका ३० प्रतिशतले हुन आउने १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १०० अंकित दरका कुल १६ लाख १२ हजार १६० कित्ता आईपीओ जारी गर्नेछ। यी दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रकाशित मिति : January 31, 2023 at 5:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/