१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनकाे कति ?

१७ माघ, काठमाडौं । विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज माघ १७ गते मंगलबार अन्तिम दिन रहेको छ । रिडी पावर कम्पनी, अरुण भ्याली हाइड्रो र तारागाउँ रिजेन्सी होटेलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

१) रिडी पावर कम्पनी लिमिटेड

रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको ४२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली माघ १८ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।

यसकाे अर्थ आज माघ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन र  लाभांश प्राप्त गर्न सक्नेछन् ।

२) अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोली माघ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले आज माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार संस्थाको २५ औँ बार्षिक साधारणसभा माघ २७ गते मैत्रहल, इन्द्रेणी कम्पलेक्स, नयाँबानेश्वर काठमांडौमा ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको  छ ।

३) तारागाउँ रिजेन्सी होटल्स लिमिटेड

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीको २६ औँ वार्षिक साधारण सभा फागुन ३ गते, बुधबार, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समतिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : January 31, 2023 at 10:13 am