५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अर्थतन्त्रलाई दलालतन्त्रको कब्जा र भ्रष्टाचारबाट मुक्त गर्न नेकपा एसको माग


१७ माघ, काठमाडाैँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अर्थतन्त्रलाई दलालतन्त्रको कब्जा र भ्रष्टाचारबाट मुक्त गर्न माग गरेको छ । देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । माधव नेपाल नेतृत्वको प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको हो ।

२० बुँदे ज्ञापन पत्रमा चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान बृद्धी हुदाँ सर्वसाधरणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुदाँ देश आर्थिक अवस्था नाजुक हुदैँ गएको बताएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार ०९:४६