५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राष्ट्रिय योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत नियुक्त


१६ माघ, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा ३ सदस्य नियुक्त भएका छन् । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारले यसअघि योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ । ज्ञवालीले यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका थिए। शाक्य पूर्वराजदूत हुन् भने महतले कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहमा रहेर काम गरेका थिए।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १७:५५