२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

नेप्सेमा २ कम्पनीको मूल्य समायोजन, मंगलबार कतिमा खुल्छ काराेबार ?

१६ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको सेयरमूल्य समायाेजन भएकाे छ । नेप्सेमा नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सको सेयरमूल्य समायाेजन भएकाे हाे ।

१) नेरुडे लघुवित्त

नेरुडे लघुवित्तको २२ प्रतिशत बोनस सेयरपछि  प्रतिकित्ता  ८२७ रूपैयाँ ८७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य १ हजार १० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा मंगलबार दोस्रो दिन सेयरबजारमा कारोबार खुल्नेछ ।

२) शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ ।कम्पनीकाे १६ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय ८ रूपैयाँ ६२ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

नेप्सेले साेमबारकाे अन्तिम काराेबार मूल्य ९ सय ३८ रूपैयाँका आधारमा मूल्य समायाेजन गरेकाे हाे । सोही मूल्यको आधारमा भाेलि मंगलबारदेखि यी कम्पनीकाे कारोबार खुल्नेछ । यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भाेलि माघ १७ गते मंगलबार बुकक्लोज गर्दैछन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १६:५५