२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

४१.०१ अकंले घट्याे सेयर बजार, लुम्बिनी जनरल र आदर्श लघुवित्तको मूल्यमा सकारात्मक सर्किट

१६ माघ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो काराेबारकाे दिन दोहोरो अंकले घटेको सेयर बजार साेमबार भने उच्च अंकले घट्न पुगेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.०१ अकंले घटेर २१२७.५२ बिन्दुमा बन्द भएको छ । आज २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै हाेटल तथा पर्यटन समूह घटेकाे छ ।

सोमबार सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर १७ करोड ६५ लाख ४० हजार रुपैयाँको कारोबार भएकोछ । आज लुम्बिनी जनरल र आदर्श लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन युनाईटेड इर्दी मर्दीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १५:२८