१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद निष्काशनको लागि पायो स्वीकृती

१६ माघ, काठमाडौं ।  विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको छ । कम्पनीले हकप्रद निष्काशनको लागि स्वीकृति माग गर्दै आयोगमा प्रस्ताव पेश गरेकोमा आयोगको माघ १२ गतेको बैठकले कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो। कम्पनीले १० मेगावाट क्षमताको दोलखा जिल्लामा निर्माणधिन सिप्रिङ खोला जलविद्युत आयोजना निर्माण गर्न हकप्रद मागेको हो। अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ ।

सभाबााट पारित गरी सके पछि मात्र नेपाल धितोपत्र बोर्डसँग पनि स्वीकृति लिनुपर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : January 30, 2023 at 12:16 pm