प्रि ओपन सेसनमा करिब साढे २ अंकले घट्यो नेप्से
१६ माघ, काठमाडाैं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १४.६८ अंक घटेर २१६८.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२३ अंकले घटेर २१६६.३१ विन्दुमा झरेको छ।
सोमबार प्रि ओपन सेसनमा २५ कम्पनीको १५ सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख भन्दाबढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने १० कम्पनी घटेको छ । २ कम्पनी भने स्थिर रहेको छ ।
यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
प्रकाशित मिति : January 30, 2023 at 11:13 am









