२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नेता उत्पादनको निर्सरीमा स्ववियु नबुझेकाहरू नै उम्मेदवार !


-मंगल थापा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव (स्ववियु) हुने र विजयी समूह संघ, संगठन वा व्यक्तिले गर्ने प्रक्रियाको औपचारिक सुरुवात २०३६ को विद्यार्थी आन्दोलन र यसका जगमा भएको जनमत संग्रहपछि भएको हो । पञ्चायत शासनकाल भरि स्ववियुले इतर पक्षीय राजनितिको प्रचार प्रसार तथा मूल्यमान्यताहरुको स्थापित गर्न सहयोगी भुमिका खेलेको पाइन्छ खास भन्नु पर्दा तत्कालीन समयमा स्ववियु विद्यार्थी हकहितको निम्ति प्रतिबद्ध थियो ।

स्ववियुमा राजनीति संस्कृति र मूल्यमान्यताको असल अभ्यास हुन्थ्यो । तर २०४७ सालको बहुदलीय व्यवस्थाको आगमन पश्चात स्ववियुले गर्न काम कर्तव्यमा विचलन आयो र राजनीति मुल्य मान्यताहरू स्खलित हुँदै गएर स्ववियु सता पक्ष वा प्रतिपक्षको तावेदारी गर्ने अखडा बन्दै गयो । वर्तमान अवस्थामा त्रिविका अधिकांश अांगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्ववियु चुनाव हुन नसकी अर्कमण्यताको अवस्थामा छ ।

त्रि.वि स्व.वि.यु चुनावमा उम्मेदवार बन्ने विद्यार्थीले गनुपर्ने प्रस्तावित कामहरु

१. त्रि.वि का औगिक तथा समवन्यन प्राप्त क्याम्पसमा स्व.वि.यु चुनावमा उम्मेदवार बन्ने, विजयी प्राप्त गर्ने विद्यार्थी उम्मेदवार आफैमा सापेक्ष रुपमा स्वच्छ छवि भएको, नेतृत्व गर्न सक्ने क्षमता भएको आफ्नो तहको पढाई लेखाईमा आवश्यक जानकारी राख्ने ज्ञान र सिप भएको हुनुपर्छ ।

२. त्रि.वि.का केन्द्रिय विभागहरुमा शिक्षक सिकाईलाई नियमित बनाउन सम्बन्धित विभागका विभागीय प्रश्नहरु सँग समवन्यन गर्ने ।

३. केन्द्रिय विभागहरुमा हुने शिक्षण सिकाईलाई अनुसन्धान सँग जोडि अगाडि बढाउँन काममा सहयोगी मै काम गर्ने ।

४. त्रि.वि.का परिक्षाहरुलाई मर्यारित बनाउन सहयोग गर्न, समर्थन परिक्षा सञ्चालन गर्न, परिक्षा फल निकाल्नहरु सम्बन्धित निकायलाई घचघचाउने ।

५. त्रि.वि.का कतिपय केन्द्रीय विभायहरुमा त्रि.विलाई आर्थिक भार नपर्ने गरी कार्यक्रम सञ्चालन गर्न स्वीकृती प्रदान गरिने छ । अत ः यस्ता कार्यक्रम कुन केन्द्रीय विभायहरुमा संचालन भएका छन तिनको पहिचान गरी, यस्ता कार्यक्रम सहि ढंगले संचालन भएका छन् छैनन खोज गर्ने यस्ता कार्यक्रम संचाचलन गर्दा विद्यार्थीहरुवाट बढी शुल्क अशुली गरेको पाइएमा वा आर्थिक हिनामिना भएको भन्ने ठहर भएमा सम्बन्धित निकायमा जानकारी गराई कारवाहीको निम्ति पहल गर्ने ।

६. त्रि.वि.मा पुर्व उपकुलपति प्रा.डा. हिराबहादुर महर्जनको पालामा केन्द्रीय विभागहरुलाई उत्कृष्टताको केन्द्र बनाउने घोषणा गरियो । यो घोषणा केवल तारामा मात्र रहेन यसैमा टेकेर कतिपय केन्द्रीय विभागमा सज्ञापक्ष नजिकका र पदाधिकारी नजिकका प्राध्यापकहरुका पदोउन्नतिका निम्ती बम्पर सरह कोटा खोली पदोउन्नती गरियो । हाल ती विभागीहरुमा विद्यार्थी संख्या ज्यादै न्युन रहेको र कार्यरत प्राध्यापक कर्मचारीहरु झन्डै दोब्वर जस्तो देखिन्छ । विद्यार्थीहरु यस्ता विसंगती प्रति सचेत भई नै आवाज उठाउन जरुरी छ ।

७. त्रि.वि.का औगिक क्याम्पस तथा केन्द्रीय विभागहरुमा अझै पनि शिक्षक भर्ना गर्दा खास मापदण्डको प्रयोग गरीदैन । यसरी उपयुक्त मापदण्ड प्रयोग नगर्दा आफ्ना अघि ÷ हाम्रा अघि र राम्रा पछि पर्न नै अवसरवाट बञ्चित नै रहेको छन । अत नै रहेका छन अतः विद्यार्थी नेतृत्वमा रहने वा रहन चाहने हरुले त्रि.वि.सेवामा शिक्षक र कर्मचारी र्ददमा प्रवेशको एक मात्र र उपयुक्त विधि त्रि.वि. सेवा आएको माध्यमबाट छनोट गरिनु पर्छ भन्ने मान्यतालाई कडाईका साथ लागु गर्न आफै पनि सचेत हुने त्यस्तो माहोल सृजना गर्न पहल गर्ने र कार्यवन्यन गर्ने सम्बन्धित निकायलाई दवाब दिनु पर्ने ।

८. त्रि.वि.को प्राज्ञिक स्वतन्त्रता, गरिमा, मर्यादा तथा विद्यार्थी हकहितमा हुने कुनै प्रकारका हस्तक्षेपको विरोध गर्ने ।

९. त्रि.वि.केन्द्रीय पुस्तकालयलाई समय सापेक्षका शिक्षा सिकाइ र अनुसन्धानका निम्ती आवश्यक पर्ने स्रोत, साधनको स्तरउन्नती तर्फ ध्यान दिने र केन्द्रीय पुस्तकालयलाई थप विद्यार्थी, प्रविधिमैत्री बनाउन पहल गर्ने ।

१०. त्रि.वि.का केन्द्रीय विभागहरु जसमा प्रयोगात्मक कक्षाहरु संचालन हुन्छन खासगरी विज्ञान तथा प्रविधि तर्पmका विभागहरुमा प्रयोगशालामा समय सापेक्ष आवश्यक सामाग्री भए नभएको खोजगरी त्यस्ता सामाग्रीको सिप व्यवस्थापन गर्न सम्बन्धित विभागका विभागीय प्रमुखहरु सँग समवन्यन गरि संरचनाको समधान गर्ने ।

११. त्रि.वि.को भौतिक सम्पति तथा दुरुपयोग भएमा यस्ता भौतिक सम्पतिको खोजि गर्न सम्बन्धित निकायलाई घचघचाउने । भौतिक सम्पतिको संरक्षणको लागि सहयोग गर्ने ।

१२ त्रि.वि.भित्र हुने कुनै प्रकारका गैर प्रज्ञिक तथा अवान्धित क्रियाकलापहरुलाई निरुत्साहित गर्ने सहयोग गर्ने ।

१३. त्रि.वि. मा हाल अभ्यास भैरहेका आर्थिक भ्रष्टाचारजन्य गैर प्राज्ञिक क्रियाकलापको खोजी गरी यस्ता क्रियाकलापलाई न्युनीकरण गर्न सम्बन्धित निकायलाई दवाब दिने ।

१४. त्रि.वि. मा हुने कुनै पनि विसंगतिका सम्बन्धमा मतियार हैन प्रति पक्ष भै सधै दबाव सृजना गर्ने र रचनात्मक सहयोग गर्ने । आफुलाई आर्थिक प्रलोभनबाट टाढा राख्ने रोल मोडल रुपमा काम गर्ने । त्रि.वि मा सुधार र इमानदारीता हाम्रो प्रतिबद्धता भन्ने आशयका साथ अघि बढ्ने ।

लेखक थापा एमफिल-पिएचडी स्कलर हुन । 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार ०९:३९