चोरीको चुरोट किन्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा
१३ माघ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका-३ का वडा अध्यक्ष मोहन साह कानु प्रहरी नियन्त्रणमा परेका छन् । चोरीको चुरोट बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको वयान दिएपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १८:०१