४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

११०० ले घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


१३ माघ, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ३०० रुपैयाँमा काराेबार भएकाे छ ।

बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३८० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १०:५३