१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

माघ २२ गतेदेखि आईपीओ निष्काशन गर्दै बिपिडब्लु लघुवित्त

१३ माघ, काठमाडाैं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि र फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो भने १ हजार ५०० कित्ता सेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यसैगरी, सर्वसाधारणले फागुन १८ गतेदेखि २३ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ।

सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : January 27, 2023 at 9:22 am