२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

बागमती प्रदेशमा विकास निर्माणका कार्यले गति लिन्छः गङ्गानारायण श्रेष्ठ

१२ माघ, सिन्धुली । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) सिन्धुलीले आज बिहान आयोजना गरेको कार्यक्रममा उनले विकास निर्माणका कामलाई सही तवरले अगाडि बढाउन सरकार अग्रसर रहेको स्पष्ट पारेका हुन् ।

मन्त्री श्रेष्ठले प्रदेशका सबै जिल्लाका विकास निर्माणदेखि जनताका समस्या हल गर्दै प्रशासनिक कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “चुनावका बेला जेजस्ता प्रतिबद्धताहरू गरियो सबै अक्षरस पूरा गर्न नसकेपनि धेरैभन्दा धेरै प्रतिबद्धता पूरा गर्नेछु ।”

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १३:०८