१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

रोजगारीको सुनिश्चिततासहित निःशुल्क तालिम हुने

१२ माघ, काठमाडाैं । भक्तपुरमा रोजगारीको सुनिश्चितसहितको निःशुल्क तालिम सञ्चालन हुने भएको छ। इको प्यानल जडानसम्बन्धी दुईदिने निःशुल्क तालिम सञ्चालन हुन लागेको हो। तालिम माघ १९ र २० गते हुने जनाइएको छ।

नेपाल इको प्यानल प्रालिले तालिम सञ्चालन गर्न लागेको हो। निःशुल्क तालिमपश्चात् रोजगारीको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

इको प्यानल नेपालका जनरल म्यानेजर विक्रम गोसाईले इको प्यानल जडानसम्बन्धी तालिम हुन लागेको जनाए। दुई दिनको तालिमपछि नै इको प्यानल जडान गर्न सकिने उनले जनाए। जडान गर्न जानिएपछि रोजगारीको सुनिश्चिता रहेको उनले सुनाए।

छिटो, छरिटो र गुणस्तरीय निर्माणका लागि इको प्यानलको प्रयोग गरिन्छ। इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालका रुपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो। तालिम लिन इच्छुकहरुले कम्पनीको कर्पाेरेट कार्यालय सल्लाघारी भक्तपुरस्थित (डा. इवामुरा अस्पालको अपोजिट) मा सम्पर्क गर्न सूचित गरेको छ।

प्रकाशित मिति : January 26, 2023 at 10:55 am