१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

क्रोएसिया पठाईदिन्छु भन्दै ८ लाख ४० हजार ठगी गर्ने साहिल बस्नेत पक्राउ

११ माघ, काठमाडौं। क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको आराेपमा एक युवक पक्राउ परेका छन् । मोरङ मिक्लाजुङ गाउँपालिका–९ घर भएका २९ वर्षीय साहिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बस्नेतलाई प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा क्रोएसियाको कम्पनीमा मासिक १ लाख भन्दा बढी कमाई हुने गरी बस्नेतले फुडप्याकिङको काम लागइदिन्छु भन्दै पीडितहरुबाट रकम ठगी गरेको उनीमाथि आराेप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । बस्नेतले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको खबर वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १५:५०