७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांशमा संशोधन, अब बोनस र नगद कति ?

११ माघ, काठमाडाैं ।  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश संशोधन भएकाे छ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले गत आर्थिक वर्ष २०७८।७९का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हाे।

कम्पनी सञ्चालक समितिको माघ १० गते मंगलबार बसेको बैठकले प्रस्तावित लाभांश संशोधन गर्दै अब चुक्तापुँजीको ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६७९ नगद लाभांश कुल ७.३५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

यसअघि कम्पनीले गत आर्थिक वर्षकाे नाफाबाट चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे । उक्त प्रस्ताव स्वीकृतिका लागि कम्पनीले बीमा प्राधिकरण पठाएको थियो। प्राधिकरणले लाभांशमा संशोधन गर्न निर्देशन दिएसँगै कम्पनीले लाभांश संशोधन गरेकाे हाे ।

प्रकाशित मिति : January 25, 2023 at 11:32 am