स्पट फिक्सिङमा १० जनाकाे संलग्नता, नो बल फाल्नेलाई १० लाखसम्म ‘अफर’
१० माघ, काठमाडाैं । नेपाल टी–ट्वाण्टी क्रिकेट लिगमा भएको स्पट फिक्सिमा १० जनाको संलग्नता रहेको पाइएको छ । खेलाडी, व्यवस्थापक र विचौलिया गरेर १० जनाको संलग्नता देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पत्रकार सम्मेलन गरेर जनाएको छ ।
खेलाडीहरु आदिल आलम र मेहबुब आलमलाई हिजो सीआईबीले पक्राउ गरिसकेको छ । आदिलले प्रलोभनमै परेर नो बल र वाइड बल फालेको भेटिएको प्रहरीको दाबी छ ।
स्पट फिक्सिङमा चार वटा फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ । सीआईबीले काठमाडाैं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको जनाएको छ ।
अहिलेसम्मको अध्ययन अनुसार ४ वटा खेलमा स्पट फिक्सिङ भएको देखिएको छ । वाइड, चौका, छक्का, नो, बल, नो रन लगायतमा खेलाडीलाई ६ लाखदेखि १० लाख रुपैयाँसम्म अफर गरेको पाइएको पनि सीआईबीले जनाएको छ ।
प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १५:४९