१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

संसद भवनअघि एक व्यक्तिले आफैंलाई आगो लगाए

१० माघ, काठमाडौं । एक व्यक्तिले संघीय संसद भवनअगाडि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् । मंगलबार दिउँसो बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार आगो लगाउने व्यक्ति इलामका प्रेमप्रसाद आचार्य रहेका प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १५:२९