२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

अमेरिकाका विभिन्न राज्यमा आफ्नो सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा

काठमाडौं, १० माघ । गायक विजय लामा सांगीतिक भ्रमणका क्रममा अमेरिकामा छन् । डेढ दशकपछि अमेरिकाका विभिन्न राज्यमा  आफ्नो सांगीतिक प्रस्तुति लिएर गएका गायक लामाले जनवरी २९ मा टेक्सास र फेब्रुअरी ११ मा क्यालिफोर्नियामा आफ्नो प्रस्तुती दिँदै छन् ।

सांगीतिक कार्यक्रमको शिलशिलामा गत हप्ता अमेरिका उडेका गायक लामाले २८५९ औँ सोनाम ल्होछारको अवसरमा तामाङ समाज अमेरिकाद्वारा आयोजित दम्फु साँझमा  अमेरिकाको न्युयोर्क राज्यस्थित कुइन्स शहरमा दम्फु साँझमा दिएको प्रस्तुतिमा ठूलो संख्यामा नेपालीहरुको उपस्थिती थियो ।

सो अवसरमा गायक लामाले तमाङ भाषाको नबोल्ने माया बोलिदेउ, ए कान्छी भोलि फर्की आउँछु आउँदिन, तोङ्बाको तातो पानी, नखानु पानी तोङ्बाको लगायतका गीतहरु गाउँदा दर्शक मज्जैले झुमेका थिए । गायक लामाले केही समयअघि मात्रै नलाउ भन्छु माया बोलको गीत बजारमा ल्याएका थिए ।

प्रकाशित मिति : January 24, 2023 at 2:35 pm