१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

झापाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

९ माघ, झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध ब्राउनसुगर तीन जनालाई पक्राउ गरेको छ ।  चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा बुद्धशान्ति-३ बस्ने अजय तामाङ, सन्तोष राजवंशी र अर्का एक जना रहेका छन् । तामाङ अटो चालक हुन भने राजवंशी र अन्य एक जना अटोमा सवार थिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १७:१९