४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


८ माघ, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे महासंले जनाएकाे छ ।

गत शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार ११:४४