४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

फेरि बढ्याे सुनको मूल्य, कति पुग्यो ताेलाकाे ?


६ माघ, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य फेरि बढेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

बिहीबार सुनको मूल्य स्थिर रहेदैं छापावाल सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २० रुपैयाँले घटेर१ हजार ३५५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार १२:०६