सिभिल मलमा एक पुरूषले आफ्नै शरीरमा लगाए आगो, ट्रमा सेन्टरमा उपचार हुँदै
५ माघ, काठमाडाैं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । बिहीबार पौने १२ बजे उनले सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
अन्दाजी ३० वर्षीय विशान लामिछानेले आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ । उनले आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको एसपी मैनालीले बताए।
उनलाइ उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा लगिएकाे र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : January 19, 2023 at 2:22 pm










