१ असार २०८३, सोमबार | Tue Jun 16 2026

पुस १० मा बदलिएको राजनीतिक कोर्ष ५ वर्षसम्म जान्छः योगेश भट्टराई

५ माघ, काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले राजनीतिक कोर्ष अघि बढाउन नसक्दा एमालेले अग्ररता लिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको सभामुखका उम्मेदवार देवराज घिमिरेको प्रस्तावको पक्षमा बोल्दै भट्टराईले पुस १० गतेबाट नयाँ राजनीतिक कोर्सको सुरुवात भएको बताएका हुन् ।  उनले पुस १० मा बदलिएको राजनीतिक कोर्ष ५ वर्षसम्म जाने बताएका छन् ।

उनले कांग्रेस लगायत प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै दलहरुले मुटुबाट विश्वासको मत दिएको भए सभामुख उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर सभामुखमा निर्वाचित गर्न आग्रह गरेका छन्।

सांसद भट्टराईले सभामुख उम्मेदवार घिमिरे सबै किसिमले सभामुख बन्नका लागि योग्य पात्र रहेको भन्दै उनलाई सभामुखमा निर्वाचित सबैलाइ अनुराेध गरेका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् । उहाँहरु राष्ट्रिय सहमतिको गीत पनि गाइरहनु भएको छ। यदि साँच्चिकै राष्ट्रिय सहमतिको कुरा गरेको हो भने देवराज घिमिरेप्रति कांग्रेसको समर्थन हुनुपर्छ।’

प्रकाशित मिति : January 19, 2023 at 1:39 pm