२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

सिन्धुलीमा जनकुर करिडाेरकाे स्वामित्व ग्रहण कार्याशाला


५ माघ, महोत्तरी ।  ग्रामीण उद्यम तथा विप्रेषण आयोजना जनकपुर करिडोरले  परियोजना अवधिभर गरेका कार्यहरूको स्वामित्व ग्रहण कार्याशालालाई तिव्रता दिएको छ । परियोजना सम्झौता अवधि एक बर्ष बाँकी रहदै आयाेजनाले मधेश प्रदेशका सात जिल्ला र बागमती प्रदेशको एक जिल्लामा स्वामित्व ग्रहण कार्याशालालाई तीव्रता दिएको हो ।

विशेषगरी वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञानको लागि स्थानीय कृषि सहकारीहरूसँग समन्वय गरी परियोजना संचालन गर्दै आएको समृद्धि नामक आयोजनाले प्रशिक्षणका कार्यक्रम संचालन गर्दै आएको छ ।

मधेश प्रदेशमा पर्सा बाहेक सात जिल्ला र बागमती प्रदेशको सिन्धुलीमा परियोजना सन्चालन गरिएको करिडोर संयोजक मोती गिरीले जानकारी दिए । सन् २०१५ मा सम्झौता भएर २०१७ बाट सन्चालनमा आएको परियोजना उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको संयोजकत्वमा रहेकाे छ ।

प्रदेश-१ को लागि ८ जिल्ला, मधेश प्रदेशमा ७ जिल्ला, बागमती प्रदेशकाे १ जिल्ला गरि आयोजनाले १६ जिल्लामा आयोजना कार्यान्वयन गर्दै आएको छ । आयोजनाको प्रमुख साझेदारमा नेपाल उधोग वाणिज्य माहासंघअन्तर्गत रहेका कृषि उद्यम केन्द्र, हेल्भाटस स्विस इन्टर को-अपरेसन नेपाल, अन्तराष्ट्रिय आप्रवासन संस्था छन् ।

गरिबी न्यूनिकरण तथा देशमा दिगो शान्ति हासिलका लागि रोजगारीका अवसर सिर्जना गर्दै समतामूलक तथा समावेशी आर्थिक विकास गर्ने मुख्य लक्ष्य बाेकेको आयोजनाले सोहीअनुसार काम गर्दै आएको छ ।

बुधबार महोत्तरीको बर्दिवासमा सम्पन्न गोष्ठीमा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले परियोजनाले गरेका कार्यप्रति खुसी ब्यक्त गरे । कृषि तथा गैरकृषि क्षेत्रमा उद्यम प्रवर्द्धनका लागि उत्पादन कलष्टरहरूको सबलिकरण गर्ने मुख्य क्रियाकलापअनुसार अहिले बर्दिवासको उत्तरी क्षेत्र खयरमाराका धेरै युवा आत्मनिर्भर बनेका छन् ।

बर्दिवास नगरपालिकाका एक हजार ६ जनालाई वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिममा सहभागी गराएर सिपयुक्त जनशक्ति उत्पादन गरेको परियोजनाले नगरप्रमुख  क्षेत्रीलाई परियोजना अवधिभरको प्रतिवेदन समेत बुझाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १३:१८