१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

पोखरा इन्जिनियरिङ्ग कलेजको स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचन भोलि, यी हुन अनेरास्ववियुका उम्मेदवार

५ माघ, काठमाडौँ ।  पोखरा इन्जिनियरिङ्ग कलेजको स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचन भोलि हुँदैछ । चुनावमा अनेरास्ववियु र अन्य र विद्यार्थी संगठनहरूले प्रतिस्पर्धा गर्दैछन ।

अनेरास्ववियुले सभापतिमा बिरेन्द्र जि।सि, सचिवमा स्वस्तिका पौडेल, कोषाध्यक्षमा राज अमृत सुवेदीलाई उम्मेदवार बनाएको अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए ।

स्वतन्त्र विद्यार्थी परिषद्को सदस्यमा प्रत्यक्ष तर्फ शंकर पौडेल, सरोज पौडेल, अलिसा गौतम, एवन पौडेल उम्मेदवार रहेका छन । त्यस्तै समानुपातिकमा सन्दीप गिरी, पल्लबी किरण भट्टराई, प्रबिण ज्ञबाली र अग्रता शर्मा उम्मेदवार रहेका छन ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ०८:०१