१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

कांग्रेस सांसद ईश्वरी न्यौपानेले दिइन् सभामुखमा उम्मेदवारी

४ माघ, काठमाडाैं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिएकी छन्। बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन पुगेर उनले सभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला छन्।  सभामुखका लागि बुधबार नै नेकपा एमालेका सांसद देवराज घिमिरेले पनि उम्मेदवारी दिएका छन्। उनलाई सत्ता साझेदार दलहरूको समर्थन छ।

प्रकाशित मिति : January 18, 2023 at 3:45 pm