झण्डै ५ अर्बकाे काराेबार हुँदा आज यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री
४ माघ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन बुधबार सेयर बजारमा सामान्य गिरावट आएकाे छ । केही दिन यता सुधार तिर लम्किरहेको सेयर बजार आज भने ओरालो लागेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०१ अकंले घटेर २१७३.१० बिन्दुमा बन्द भएको छ ।
आज २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँको कारोबार भएको छ ।
आज रिडी पावरको सेयर सर्वाधिक खरिद बिक्री गर्ने भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएसँगै कम्पनीको आज ३५ करोड ७८ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, अपि पावरको १९ करोड ७६ लाख, नेशनल हाइड्रोपावरको १४ करोड ८८ लदाख, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ७ लाख रुपैयाँ र अपर तामाकोशीको ९ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १५:२१












