२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

३ माघ, काठमाडौं । नवनियुक्त ११ मन्त्रीले शपथ लिएका छन् । मंगलबार दिउँसो १ बजे शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथ गोपनीयताको शपथ खुवाएकी हुन् ।

नेकपा एमालेबाट हरि उप्रेती रक्षामन्त्री , विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्य मन्त्री ,भगवती चौधरी महिला बालबालिका मन्त्रीमा , ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री भएका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृति, पर्यटन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका छन्।

साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री भएका छन्। राप्रपाबाटै ध्रुबबहादुर प्रधान कानून मन्त्री, बिक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन्। विस्तारसँगै मन्त्रिपरिषदको संख्या २२ पुगेको छ । जसमा प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १५ मन्त्री र दुई राज्यमन्त्री छन् ।

प्रकाशित मिति : 13:06