नेपाल टेलिकमको सबै सेवा एकै पटक बन्द, दिएन कुनै पूर्व सूचना
३ माघ, काठमाडाैँ । नेपाल टेलिकमकाे सबै सेवा देशैभर एकै पटक अबरूद्ध बनेको छ । विना सूचना टेलिकमकाे सबै सेवा अवरूद्ध भएको हो । अहिले देशभर टेलिकमका ग्राहकहरूले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाइरहेका छन ।
टेलिकमको ल्याण्डलाइन, प्रिपेड तथा पाेस्पेट सेवा केहीबेर अघिदेखि पूर्ण रूपमा अवरुद्ध भएकाे छ भने उसको आधिकारिक वेबसाइट पनि बन्द भएको छ । बेवसाइटमा अन्डर मेन्टेन्स भन्ने सूचना राखिएको छ ।
प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १२:४८