४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

घट्यो सुनकाे मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


३ माघ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सुनको मूल्य घटेकाे छ । लगातार बढेकाे सुनकाे मूल्य मंगलबार भने सामान्य अंकले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ६०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

साेमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर यस दिन छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। साेमबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ११:११