१२ जेष्ठ २०८१, शनिबार | Sun May 26 2024

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?


२ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीकाे सेयरमूल्य समायाेजन भएकाे छ । नेप्सेमा नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे हाे ।

१) आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेले आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ३६५ रूपैयाँ ७७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेलेबिहीबारकाे अन्तिम कारोबार मूल्य १ हजार ७७५ रुपैंया ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

२) नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड

नेप्सेले नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७७८ रूपैयाँ ४३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ८ सय ९५ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा अब भाेलिदेखि कम्पनीकाे कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १४:१९