२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

यती एयरलाइन्सले सार्वजनिक गर्यो यस्तो विज्ञप्ति

१ माघ, काठमाडौं । आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला र १५ जना विदेशी यात्रु सवार थिए । विमान अन्तिम पटक १०ः५० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पर्कमा आएको समेत यतीले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १५:०४