४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

सुनको मूल्य यो वर्षकै उच्च स्तरमा, प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुग्यो


१ माघ, काठमाडाैं । नेपाली बजारमा आज माघ १ गते आइतबार सुनको मूल्य यो वर्षकै उच्च स्तरमा पुगेको छ। सुनको मूल्य उकालो लागिरहँदा पछिल्लो ९ महिनायताकै उच्च बिन्दुमा पुगेको हाे

यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँ बढेको हो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार ११:४७