५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपाल बैंकद्धारा १२ प्रतिशत लाभांश घाेषणा


३० पुस, काठमाडाैं । आज मिति २०७९ पौष २९ गते शुक्रबारका दिन नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाडौंको प्राङ्गणमा सञ्चालक समितिका अध्यक्ष श्री गंगाप्रसाद ज्ञवालीज्यूको सभापतित्वमा आयोजना भएको बैंकको ६३ औं वार्षिक साधारण सभा बैंकको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा/नो क्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गर्दै सम्पन्न भयो ।

सभाले हालको चुक्ता पूँजी रु.१४,४०,५९,०४,८३१/३० को २ (दुई) प्रतिशतका दरले हुन आउने रु.२८,८१,१८,०९६/६३ (अक्षेरुपी अठ्ठाईस करोड एकासी लाख अठार हजार छयानब्बे र त्रिसठ्ठी पैसा मात्र) रकम बराबरको बोनस शेयर र चुक्ता पूँजीको १० (दश) प्रतिशतका दरले हुन आउने रु.१,४४,०५,९०,४८३/१३ (अक्षेरुपी एक अर्ब चौवालिस करोड पाँच लाख नब्बे हजार चार सय त्रियासी र तेह्र पैसा मात्र) रकम बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै, बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी रु.१४,६९,४०,२२,९२७/९० (अक्षेरुपी चौध अर्ब उनन्सत्तरी करोड चालिस लाख बाईस हजार नौ सय सत्ताईस र नब्बे पैसा मात्र) कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय श्री नरेन्द्र भट्टराई, श्री जगन्नाथ उपाध्याय र श्री सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १५:२१