७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

सिद्धार्थ बैंकको नयाँ शाखा थानकोटमा

२९ पुस, काठमाडाैं । सद्धार्थ बैंक लिमिटेडले काठमाडाैंस्थित थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुस २८ गते बिहिबारदेखि थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या१९४ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको (https://easybank.siddharthabank.com/) मार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा,४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको Uno क्रेडिट कार्ड जस्ता सेवामार्फत बैंकले उच्चस्तरिय बैंकिङ्ग सेवाप्रदान गर्दै आएको छ । ग्राहक वर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : January 13, 2023 at 4:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/