४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

५०० ले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदै छ काराेबार ?


२९ पुस, काठमाडाैं । साताको अन्तिम कारोबारकाे दिन शुक्रबार पनि सुनको सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ४०० रुपैयाँ कायम भएको छ।

बिहीबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर यो दिन प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार ११:०३