९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

अन्तिम कारोबारको दिन यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री

२८ पुस, काठमाडौं । साता अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएकाे छ । पछिल्लाे समय लगातार बढेकाे सेयर बजार बिहीबार घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४१.०२ अकंले घटेर २१४९.४१ बिन्दुमा बन्द भएको छ ।

आज २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँको कारोबार भएको छ । आज शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ ।

कम्पनीको सेयर २२ करोड २० लाख १२ हजार रुपैयाँको कारोबार भएको हो । साथै, रिडी पावरको १७ करोड ८३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १६ करोड ९४ लाख रुपैयाँ र अपी पावरको १४ करोड ४ लाख रुपैयाँको कारेबार भएको छ ।

 

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १५:१४