२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बागमती प्रदेशको सभामुखमा कांग्रेसका शिवराज अधिकारीकाे मनोनयन दर्ता

२८ पुस, हेटौंडा । बागमती प्रदेश सभाको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गराएका छन् । बागमती प्रदेश कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

जसअनुसार उनले उम्मेदवारी दर्ता गराएका हुन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्णा चित्रकार समर्थक छन् ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १३:४१