२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

घनश्याम भुसाललाई नेकपा एसको स्वागत पत्र

२८ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमाले छाडेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ। नेकपा एसले नेता भुसालले उठाएको प्रस्तावलाई सम्बोधन गर्ने गरी बुधवार साँझ पत्र पठाएको हो।

भुसाल मंसिर ४ को निर्वाचनमा एमाले छोडेर रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो। गठबन्धनका तर्फबाट त्यो क्षेत्र नेकपा माओवादी केन्द्रलाई परेको थियो।

निर्वाचनमा भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए। भुसाल एक-दुई दिनमै समाजवादीमा प्रवेश गर्ने भएका छन्।

भुसालले नेकपा एसमा महासचिव दाबी गरिरहेका छन्। तर, उनलाई शुरुमा सचिवालय सदस्य दिने नेकपा एसको तयारी छ।

प्रकाशित मिति : January 12, 2023 at 12:41 pm