हिमालयन एभरेष्ट इन्स्योरेन्सले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?
२८ पुस, काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीकाे लागि वितरण गर्ने लाभांश घाेषणा गरेकाे हाे ।
पुस २६ गते बसेकाे कम्पनीकाे संचालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे २.७५ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्विकृत भएर कम्पनीकाे वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।
प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार ११:३९