तारागाउँ रिजेन्सी होटलले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?
२८ पुस, काठमाडौं । तारागाउँ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले ८.४२ (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हाे । प्रस्तावित लाभांश आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार ०९:४२












