२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रतिनिधिसभा बैठक २ घण्टा पछि सर्यो

२६ पुस, काठमाडौं। प्रतिनिधिसभाको बैठक सरेको छ । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो । बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।

प्रकाशित मिति : January 10, 2023 at 10:42 am